मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २४ शुक्रबार १४:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशभरका जिल्ला प्रशासन कार्यालयमा राप्रपाको घेराउ र धर्ना 

Read Time : < 1 मिनेट
२०७९ असार २४ शुक्रबार १४:४७:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई पेस गरेको २२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि दबाब दिन देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको छ । राप्रपाले गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक र जनजीविकासँग सम्बन्धित विविध २२ बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले धर्ना दिएको हो । 

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा यसै विषयलाई लिएर असार १३ गतेदेखि आन्दोलित छ । सोही कार्यक्रमको निरन्तरतास्वरूप आज भ्रष्टाचार नियन्त्रणको मागसहित जिल्ला प्रशासन कार्यालयमा घेराउ गरिएको हो। 

यसका साथै राप्रपाको विद्यार्थी संगठनले असार २७ गते देशका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन र कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। त्यस्तै, असार ३१ गते महिला संगठनले महिला हिंसाका घटनाबारे महिला, बालबालिकामन्त्रीलाई कार्यक्रमसहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।