१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ असार २३ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करिब तीन क्विन्टल गाँजासहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार २३ बिहीबार १८:०७:००

पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। वीरगन्ज महानगरपालिका– २१, परवानीपुर सडक खण्डबाट लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले बिहीबार बिहान करिब ८ः३० बजे गाँजा बरामद गरेको हो । 

प्रहरीले भारतीय गाडी युपी २१ एन् ९९५७ नम्बर प्लेटको ट्रकबाट चेकजाँच गर्दा २ सय ७० केजी गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ट्रकचालक भारतको बिहार पलडवानिवासी ५० वर्षीय धर्मेन्द्र यादव र बिहार मोतिहारी सेमरीका २७ वर्षीय सहचालक बिजेशकुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको छ । 

यस्तै, गत मंगलबार प्रहरीले ९० केजी गाँजा बरामद गरेको थियो । वीरगन्ज महानगरपालिका–२८, बगही सडकखण्ड हुँदै गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले युपी ७० बिके ९९५५ नम्बरको भारतीय नम्बरको कारबाट ९० केजी गाँजा बरामद गरेको थियो । 

प्रहरीले कारमा सवारी दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश कमलसागरनिवासी ३० वर्षीय रविकान्त भारती र बिहार बेतिया डाकघर तेलुवानिवासी सुनील भारती रहेका छन् । प्रहरीका अनुसार पछिल्लो तीन दिनमा चार भारतीय नागरिक गाँजा कारोबारमा पक्राउ परेका छन् ।