बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ। नगरपालिकाको वडा नम्बर ९ मा विवाद बढेपछि प्रहरीले १० राउन्ड गोली चलाएको छ।
त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो। विवाद बढेपछि नियन्त्रणका लागि हवाईफायर गरेको प्रहरीले जनाएको छ। अहिले स्थिति नियन्त्रणमा आएको छ।
आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ। यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा पनि यहाँ मतदान रद्द भएको थियो।