Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २२ बुधबार १५:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्तव्य ज्यान र जबर्जस्ती करणीका दुई फरार प्रतिवादी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २२ बुधबार १५:४४:००

कर्तव्य ज्यान र जबर्जस्ती करणीका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके नेपालगन्ज उमनपा– ५ का ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके सोनपुराका ३४ वर्षीय जोहरू भाट रहेका छन् । 

जिल्ला अदालत बाँकेले अन्सारीलाई कर्तव्य ज्यानमा २०  वर्ष कैद सजाय र भाटलाई जबर्जस्ती करणीमा सात वर्ष कैदसहित ५० हजार  रुपैयाँ जरिवाना सुनाएको  थियो । 

अन्सारीले दाइजो नल्याएको निहुँमा चार वर्षअघि श्रीमती रुवी अन्सारीको आगो लगाई हत्या गरेका थिए । 

भाटले भने नौ वर्षअघि सोनपुरस्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई जबर्जस्ती करणी गरेका थिए । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)  ले पक्राउ गरेको हो ।