मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २२ बुधबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१२ वर्षमाथिका ९९.९ प्रतिशतले लगाए पहिलो मात्रा खोप, पूर्ण मात्रा लगाउने ८७.४ प्रतिशत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २२ बुधबार १०:४४:००

सरकारले पाँच वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १२ वर्षमाथिका लक्षित जनसंख्याको ९९.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यो समूहमा ८७.४ प्रतिशतले भने पूर्ण मात्रा लगाइसकेका छन् । पाँच वर्षदेखि १२ वर्ष उमेर समूहमा भने हालै खोप अभियान चलेको छ ।

२७ जिल्लामा पहिलो चरणको खोप कार्यक्रम सकिएको छ । ९ देखि १५ असारसम्म सञ्चालन भएको अभियानमा ९० प्रतिशतभन्दा बढी लक्षित बालबालिकाले खोप लगाएको खोप शाखाले जनाएको छ । यी जिल्लाको दोस्रो चरणको खोप २ साउनदेखि लगाइनेछ । बाँकी ५० जिल्लामा भने ५ देखि ११ भदौसम्म पहिलो मात्रा र २७ भदौदेखि १ असोजसम्म दोस्रो मात्रा दिने तयारी छ ।

देशभर पाँचदेखि १२ वर्ष उमेर समूहका ४० लाख बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ । हालसम्म देशभर कुल चार करोड ६९ लाख ९९ हजार ६ सय ६ डोज खोप प्रयोगमा आइसकेको छ ।