मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका संखुवासभा
२०७९ असार २१ मंगलबार १७:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा हत्या प्रकरण : एकै परिवारका ६ जनाको हत्यामा संलग्न चारलाई आजीवन कारावासको फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
२०७९ असार २१ मंगलबार १७:०३:००

जिल्ला अदालत संखवाुसभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चारजनालाई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चारजनालाई आजीवन र एकजनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो ।  

विसं २०७८ भदौ २१ गते संखवाुसभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँचजनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार केदारप्रसद गौतमले जानकारी दिए।

हत्यामा संलग्न मादी –१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको स्रेस्तेदार गौतमले बताए।  

जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा चारजनाले रु दुई, दुई लाख क्षतिपूर्ति र पीडित राहत कोषमा रकमसमेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत संखुवासभाले जनाएको छ । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्ति हुन् । जिल्ला प्रहरी संखुवासभाले पनि चारजनाविरुद्ध आजीवन कारवास सजाय माग दाबी गरेको थियो ।

गत २०७८ भदौ २१ उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षका विपीन र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यामा संलग्न भएका १७ वर्षीय नरेशलाई बाल सुधारगृह भक्तपुर र अन्य चारजनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो। रासस