मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार २१ मंगलबार १५:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिँजाका ज्येष्ठ नागरिकलाई छाता र टर्च दिएर सम्मान

Read Time : < 1 मिनेट
२०७९ असार २१ मंगलबार १५:१०:००

सिँजा गाउँपालिका– २ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वर्षायामको समयमा पानी पर्ने भएकाले ओत लाग्ने र अँध्यारोमा सहजताका लागि छाता र टर्च दिएर सम्मान गरिएको हो । वडाध्यक्ष तीर्थ वडका अनुसार ज्येष्ठ नागरिकको समस्या र मागलाई हेरेर छाता र टर्च वितरण गरिएका हो ।

गाउँपालिकाका अनुसार वडा नम्बर २ को आयोजनामा भएको सम्मान कार्यक्रममा ८१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।