१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार १८ शनिबार २०:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधवकुमार नेपाललाई नवनियुक्त भारतीय राजदूतले भेटे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार १८ शनिबार २०:०५:००

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शनिबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन्। नेपालनिवास कोटेश्वरमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको छ।

अध्यक्ष नेपालले भेटबारे फेसबुकमा सार्वजनिक गरेका छन् । ‘उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो,’ पूर्वप्रधानमन्त्री नेपालले भनेका छन्, ‘भेटमा नेपाल भारत सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो।’ 

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका राजदूत श्रीवास्तवले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। उनले शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्यालसँग शिष्टाचार भेट गरेका थिए।