मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक भट्ट
२०७५ चैत ५ मंगलबार ०६:३५:००
Read Time : < 1 मिनेट
समाचार

पुनर्निर्माण प्राधिकरणको जिल्ला कार्यालयमा प्राविधिकहरूको ताला

Read Time : < 1 मिनेट
दीपक भट्ट
२०७५ चैत ५ मंगलबार ०६:३५:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत रामेछापमा कार्यरत प्राविधिकहरूले जिल्ला आयोजना कार्यान्वयन एकाइको कार्यालयमा तालाबन्दी गरेका छन् । पुनर्निर्माण कार्यक्रमअन्तर्गत कार्यक्षेत्रमा खटिएका प्राविधिकलाई सरकारले दिँदै आएको भत्ता र प्रोत्साहन रकम कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन् । 

रामेछापमा दुई नगरपालिका र ६ गाउँपालिकामा एक सय ६८ प्राविधिक कार्यरत छन् । पुनर्निर्माणको काममा गाउँगाउँमा खटिएका प्राविधिकको सरकारले स्वास्थ्य बिमा गर्नुपर्ने, यसअघि दिँदै आएको भत्ता र प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने तथा कार्यक्षेत्रमा प्राविधिकमाथि हुने जोखिममा सरकारले सुक्षा व्यवस्था मिलाउनुपर्ने माग रहेको प्राविधिक नृपेश सापकोटाले बताए । यसअघि खाइपाई आएको तलब, भत्ता र प्रोत्साहन भत्ता नौ महिनादेखि नपाएपछि तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिका संयोजक इन्जिनियर अरुण महतोले बताए ।

 कार्यक्षेत्रमा खटिएका प्राविधिकले नौ महिनादेखि भत्ता र प्रोत्साहन भत्ता नपाएको आयोजना कार्यान्वय एकाइप्रमुख प्रभाकरलाल कर्णले बताए । प्राविधिकहरूले उठाएका माग जायज भए÷नभएको पहिचान गरेर सरकारले समस्याको सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।