मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १७ शुक्रबार १०:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीसँग भेट गर्दै जसपाका शीर्ष नेता, ३ बजे पार्टीको आन्तरिक छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १७ शुक्रबार १०:३०:००

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । डा. बाबुराम भट्टराईबाहेकका नेताहरूबीच ११ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता हुन लागेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटघाटपछि दिउँसो ३ बजे अशोक राई, राजकिशोर यादवसहितका मध्यमार्गी शीर्ष नेताहरूले अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने उनले जनाएका छन् ।  संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यावदले सहमतिमै पार्टी विभाजनको निर्णय गरेपछि राई र यादवसहितका केही नेता पार्टी विभाजन हुन नदिने कसरतमा छन् । 

सरकारबाट मन्त्री बोलाउने विषयमा नयाँ पत्रिकाले राखेको जिज्ञासामा श्रेष्ठले भने, ‘पहिला हामी प्रधानमन्त्रीलाई भेट्छौँ । त्यसपछि पार्टीको आन्तरिक छलफल गर्छौँ अनि मात्रै मन्त्री फिर्ताको विषय सार्वजनिक गर्छौँ।’