मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १८:४९:००
Read Time : < 1 मिनेट
समाचार

आगलागी हुँदा एक घर जल्यो, चार लाख बराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १८:४९:००

जिल्लाको गोलञ्जोर गाउँपालिका–५ निगालेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सोमबार दिउँसो भएको आगलागीबाट बम बहादुर लुंगेलीको घर जलेको हो । उनको घरमा भएका अन्नपात लत्ताकपडा, खाद्यान्नसहित २० हजार रुपैयाँ जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

घरमा आगाे लागेपछि प्रहरी, स्थानीय र कमलामाई नगरपालिकाको वारुणयन्त्रले आगो नियन्त्रण लिएको  सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । त्यस्तै आगलागीबाट घर नजिकै रहेको ९ हजार मिटर खानेपानीको पाइपसमेत जलेको प्रहरीले जनाएको छ ।