Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार

सेना परिचालन विधेयकमा कांग्रेसकाे विरोध औचित्यहीन : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १८:२८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा सांसद योगेश भट्टराईले सेना परिचालन गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गर्नु औचित्यहिन भएको बताएका छन् ।

संघीय सरकारका रक्षा मन्त्री ईश्वर पोखरेलमार्फत सरकारले सेना परिचालनसम्बन्धी विधेयक संसदमा दर्ता गरेको थियो । मन्त्री पोखरेलले दर्ता गराएको विधेयकको दफा ६ को २ मा सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषदको निर्णयपछि राष्ट्रपतिद्वारा सेना परिचालन हुने सक्ने उल्लेख  छ । सोही दफाको ३ मा मन्त्रिपरिषदको बैठक हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख गरिएको छ । 

सामाजिक संजाल फेसवुक मार्फत उनले कांग्रेसले सेना परिचालनका सन्दर्भमा प्रधानमन्त्रीलाई जोडेर विरोध गरे पनि कुनै गल्ति नभएको बताएका हुन् । उनले सेना परिचालनको विषयमा विधेयकले प्रधानमन्त्रीलाई मात्र एकल अधिकार नदिएको स्पष्ट पारेका छन् । नेता भट्टराईले विधेयकमा स्पष्ट उल्लेख हुँदा पनि लामो संसदिय अभ्यासबाट खारिएको कांग्रेसले हतारमा विरोध गर्नुको ‌औचित्य नभएको बताए ।

कांग्रेसले सेना परिचालनसम्बन्धी विधेयकले संवैधानिक व्यवस्था उल्लङ्घन गरेको र प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न नमिल्ने भन्दै विरोध गर्दै आएको छ ।