१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रोहितराज पराजुली
२०७५ चैत ४ सोमबार १८:१८:००
Read Time : < 1 मिनेट
समाचार

पोखरामा बर्डफ्लु भेटियो

Read Time : < 1 मिनेट
रोहितराज पराजुली
२०७५ चैत ४ सोमबार १८:१८:००

दुई वर्षपछि कास्कीमा बर्डफ्लू भेटिएको छ । कास्कीको मादी गाउँपालिका, ३ याङ्जाकोटस्थित सन्तु परियारले पालेका कुखुरामा बर्डफ्लू संक्रमण भेटिएको हो ।

परियारले पालेका स्थानीयसँगै गिरिराज जातका कुखुरामा बर्डफ्लू संक्रमण भेटिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिए । यसअघि जिल्लामा ०७३ सालमा बर्डफ्लु फेटिएको थियो । 

परियारले पालेका क्खरा केही दिनदेखि झोक्राउने, दान नखाने, र्याल निकाल्नेपछि मर्न थालेसँगै  कुखुराको ‘स्याम्पल’ पशु रोग अन्वेषण प्रयोगशालाबाट अनुसन्धान गर्दा बर्डफ्लूको संक्रमण देखिएको हो । बर्डफ्लु भेटिएपछि पशु सेवा कार्यालयबाट खटिएको टोली र पशु चिकित्सकसहितको ‘रेपिट रेस्पोन्स’ टिमल पंक्षीसँगै दाना अण्डा नष्ट गरेका कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । 

संक्रमित क्षेत्रको चार किल्ला निर्धारण गरी पंक्षीजन्य बस्तु आयात निर्यातमा रोक लगाइने जानकारी दिँदै निषेधित वस्तु ओसारपसार गरे कारबाही हुने बुढाले बताए ।