१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा सत्तारूढ दलभित्रबाटै सरकार फेर्न कसरत, कांग्रेस र माओवादीले हस्ताक्षर संकलन थाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार १५:२२:००

बागमती प्रदेशमा सत्तारूढ दलभित्रबाटै सरकार परिवर्तनको कसरत सुरु भएको छ । पूर्वसहमतिअनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता हस्तान्तरण गर्न आनाकानी गरेको भन्दै कांग्रेस र माओवादीले दबाब बढाएका छन् । यसका लागि दुवै दलले आ–आफ्ना सांसदको हस्ताक्षर संकलन सुरु गरेका छन् । 

एमाले नेतृत्वको सरकार विस्थापित गरी गत ११ कात्तिकमा पाण्डेको नेतृत्वमा एकीकृत समाजवादी, कांग्रेस, माओवादी र जसपा मिलेर गठबन्धन सरकार बनेको हो । त्यसवेला एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा सरकार चलाउने, चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको थियो । दुवै दलले माओवादीलाई समेत साक्षी राखेर सहमति गरेका थिए । तीन दलका नेताको हस्ताक्षसहितको लिखित सहमति केही दिनअघि सार्वजनिक भएको थियो । 

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोही सहमतिअनुसार राजीनामा दिएर चुनावी सरकार गठनका लागि सघाउन पाण्डेलाई पटकपटक आग्रह गरेका छन् । मुख्यमन्त्री पाण्डेले भने केन्द्रमा शीर्ष नेताहरूबीच सहमति भए मात्र सरकार छाड्ने अभिव्यक्ति दिइरहेका छन् । यसलाई कांग्रेस सांसदहरूले धोका भनेका छन् । त्यसैले पाण्डेलाई दबाब दिन हस्ताक्षर संकलन गरिएको एक कांग्रेस सांसदले बताए । 

हस्ताक्षर संकलनपछि पनि पाण्डेले मार्गप्रशस्त नगरे सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी भएको कांग्रेस र माओवादीले गरेको ती सांसदले जानकारी दिए ।