मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ चैत ४ सोमबार १६:२६:००
Read Time : < 1 मिनेट
विश्व

रुसमा विलय गरेकाे पाँचाै वर्षकाे अवसरमा पुटिनले गरे क्रिमिया भ्रमण

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत ४ सोमबार १६:२६:००

युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षकाे अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया भ्रमणमा पुगेका छन् । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमी देशले निन्दा गरे पनि अधिकांश देशले उक्त कदमको स्वागत गरेका थिए । रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो । 

क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृह उद्घाटन गर्ने कार्यक्रममा रहेको समाचारमा जनाएको छ । रुसले इतिहासमा भएको एक गम्भीर भुल सच्याएको जनाउँदै क्रिमियालाई रुसमा गाभेको थियो । 

सोभियत नेता निकिता ख्रुस्चेभले सन् १९५४ मा क्रिमियालाई युक्रेन मातहत राख्दै आएका थिए । रुसले क्रिमियालाई पुनः फिर्ता लिएको भन्दै राष्ट्रपति पुटिनको लोकप्रियता बढेको थियो । तर युक्रेन र पश्चिमा मुलुकले रुसको उक्त कदमको आलोचना गर्दै आएका छन् । 

रुसले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा अघोषित रुपमा त्यहाँका विद्रोहीलाई आर्थिक, नैतिक, राजनीतिकलगायतकाे सहयोग गर्दै आएकाे छ । रुसका पछिल्ला कदमकाविरुद्ध धेरै वटा आर्थिक प्रतिबन्ध लागेका छन् । रुसमा मार्च १८ लाई क्रिमियाको पुनः एकीकरण दिवस भन्दै भव्य कार्यक्रम आयोजना गरिँदैछ । मस्कोमा करिब दशाैँ हजारको जुलुस निकाल्ने तयारी हुँदैछ ।