मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १६ बिहीबार १०:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

Read Time : < 1 मिनेट
२०७९ असार १६ बिहीबार १०:०५:००

जिल्लामा बाढीपहिरोबाट ५० हजार पाँच सय घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले उक्त तथ्यांक सार्वजनिक गरेको हो । 

जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक वर्षाका कारण प्रभावित बन्नेछन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको जानकारी दिए । 

यस्तै, माडी नगरपालिकाका चार हजार पाँच सय परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका तीन सय २० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ ।

यसैगरी, पहिरोका कारण भरतपुर महानगरपालिकाका तीन सय, कालिकाका एक सय, राप्तीका दुई सय तथा इच्छाकामना गाउँपालिकाका एक सय २५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । 

बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी आसमान तामाङले आग्रह गरे । उनले भने, ‘नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।’ 

उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उनले बताए ।