मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १६:१५:००
Read Time : < 1 मिनेट
समाचार

सीके राउतले पार्टीको नाम फेरे, यस्ता छन् निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १६:१५:००

‘स्वतन्त्र मधेस गठबन्धन’को नाममा रहेको सीके राउत नेतृत्वको पार्टीको नाम फेरिएको छ । सोमबार सिरहामा बसेको राष्ट्रिय परिषदको बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । 

सोमबार प्रेस विज्ञप्तीमार्फत निर्णयहरु सार्वजनिक गर्दै पार्टीको अध्यक्षमा सीके राउत चयन भएका छन् । त्यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरेको समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।  

पार्टीको  चुनाव चिन्हमा ‘अष्टदल’ राख्न बैठकले निर्णय गरेको छ । 

केन्द्रीय कमिटी ३५ सदस्यीय रहने र दलित, जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ । स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि पहल गर्नका लागि चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समितिलाई जिम्मेबारी दिएको छ । 

त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेवारी दिएको बताइएको छ । साथै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि संघर्षरत रहने निर्णय गरेको केन्द्रीय सदस्य अब्दुल खानले जानकारी दिएका छन् ।

 (यस्ता छन् निर्णय)