मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार ०७:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पे एपबाट नेपाल लाइफको बिमा शुल्क भुक्तानीमा क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार ०७:५६:००

मोबाइल ब्यालेट ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमाशुल्क भुक्तानी गर्दा सेवाग्राहीले क्यासब्याक पाउने भएका छन् । आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत यो सुविधा ल्याइएको हो ।

उक्त एपबाट नेपाल लाइफको बिमा किस्ता भुक्तानीमा ग्राहकले तिरेको मूल्यको शून्य दशमलव पाँच प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने अफर ल्याएको हो । यसका साथै हरेक दिन एक विजेताले दुई चन्द्रागिरि केबलकार टिकट जित्न सक्ने कम्पनीले जनाएको छ । 

आइएमई पे हालसम्म नेपालको २३ वटा बिमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको जनाइएको छ । नेपाल लाइफको बिमाशुल्क भुक्तानीमा ल्याइएको क्यासब्याक योजनामार्फत अझ बढी ग्राहकलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यस योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताको केवाइसी रुजु भएको हुनुपर्ने जनाइएको छ । त्यस्तै, प्रयोगकर्ताले बिमा किस्ताको भुक्तानी तोकिएको दिनभित्र वा तोकिएको दिनको सात दिनसम्ममा गरिसकेको हुनुपर्ने जनाइएको छ ।