१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १६ बिहीबार ०७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राज्यमन्त्री वली भन्छिन्–मैले राजीनामा दिएकी छैन

Read Time : < 1 मिनेट
२०७९ असार १६ बिहीबार ०७:४५:००

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छन् । पार्टीभित्रबाट पटक–पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म आफूले पदबाट राजीनामा नदिएको बताइन् ।

‘मलाई पार्टीबाट राजीनामा दिन भनेर दबाब आएको छ,’ राज्यमन्त्री वलीले नयाँ पत्रिकासँग भनिन्, ‘राजीनामापत्र पनि ल्याएर मकहाँ नेताहरू आउनुभएको छ, तर मैले अहिलेसम्म हस्ताक्षर गरेकी छैन ।’ 

आफूले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत दिने उनले बताइन् । ‘यदि मैले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै होइन, सांसद, पार्टीबाटै राजीनामा दिन्छु,’ उनले भनिन्, ‘नत्र कुनै पनि पदबाट राजीनामा दिन्नँ ।’

राज्यमन्त्री वली केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन् । एकराजको घरपरिवारसँग हात हालाहालको अवस्था सिर्जना भएपछि वली आलोचित बनेकी थिइन् ।