मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत ४ सोमबार १६:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

शैक्षिक सत्र सकिनु एक महिना अघि नै वार्षिक परीक्षा

Read Time : < 1 मिनेट
२०७५ चैत ४ सोमबार १६:०६:००

जिल्लाका महावै, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका र रास्कोट नगरपालिकाका विद्यालयले शैक्षिक सत्र सकिनु एक महिना अगाडि नै परीक्षा लिएका छन् । आधारभूत तहको परीक्षाको जिम्मा स्थानीय तहलाई हस्तान्तरण भएपछि आफू अनुकुल परीक्षा लिँदा विद्यार्थीको पढाई समेत प्रभावित भएको छ । 

जिल्लाका नौ स्थानीय तहहरुमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिना अगाडि केहीले शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । त्यस्तै सान्नी त्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकाले शैक्षिक सत्रको अन्तमा परीक्षा तोकेका छन् । 

महावै, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिकामा फागुन २७ गतेबाट परीक्षा सुरु भएको छ । रास्कोट नगरपालिकाले चैत्र १ गतेबाट आधारभूत तहको परीक्षा लिएको छ । त्यस्तै, सान्नी त्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकाले एसइई परीक्षासँगै चैत्र १० गतेबाट परीक्षा लिने तयारी थालेका छन् ।

'पाठ्यक्रम पुरा नभई परीक्षा लिनु उचित हैन'
शैक्षिक सत्र सकिनु एक महिना अगाडि परीक्षा लिनु उचित नभएको राष्ट्रिय शिक्षक महासंघ तथा पलाता गाउँपालिकाका अध्यक्ष रणप्रसाद भट्टले बताए । ‘बर्षे विदा, दशैँ तिहार र स्थानीय विदाका कारणले पाठ्यक्रमका सबै कोर्ष पूरा पढाई भएका हुँदैनन्,’ उनले भने, ‘कोर्ष पूरा नहुँदै परीक्षा लिनु विद्यार्थीका लागि घाटा हो ।’

बिभिन्न कारणले दुर्गम तथा हिमाली जिल्लामा विद्यार्थीहरुलाई सबै पाठ्यक्रम पढाउन नसकिने सरस्वति माध्यमिक विद्यालय पलाता गाउँपालिका–२ राडुनेटाका शिक्षक चरित्र संज्यालले बताए ।