मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ असार १६ बिहीबार ०६:३९:००
Read Time : < 1 मिनेट
अर्थ

बेरुजु फर्स्योटमा सुधारको खाँचो छ : राष्ट्रपति

Read Time : < 1 मिनेट
२०७९ असार १६ बिहीबार ०६:३९:००

राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फस्र्योटमा सुधारको खाँचो रहेको औल्याएकी छिन् । बुधबार आयोजित महालेखा परीक्षकको कार्यालयले ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बेरुजु बढ्दै गएकाले त्यसमा सुधार गर्नुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले महालेखा परीक्षकले गर्ने लेखापरीक्षणले मुलुकको सार्वजनिक प्रशासनको वित्तीय अनुशासन र सदाचार प्रस्ट पार्ने बताइन् । उनले आधुनिक प्रविधिमार्फत लेखापरीक्षण हुन थालेकोमा खुसीसमेत व्यक्त गरिन् । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फस्र्योटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

‘यस वर्षको नीति तथा कार्यक्रममा समेत बेरुजु फर्स्योटलाई प्राथमिकतामा राखिएको छ’ उनले भने, ‘सार्वजनिक आर्थिक कारोबार सञ्चालनमा पारदर्शिता र स्वच्छता कायम गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ 

अर्थमन्त्री शर्माले लेखापरीक्षकहरूबाट प्राप्त सुझाव कार्यान्वयन गर्न तथा बेरुजु फस्र्योट गर्न सरकारले निरन्तर प्रयत्न गरिरहेको बताए । बेरुजु फस्र्योटका लागि अहिलेसम्म अपनाएका विधि र प्रक्रियाका बारेमा समीक्षा गर्नुपर्ने आवश्यकता देखेको पनि उनले बताए ।