१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार ०६:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महँगी नियन्त्रण गर्न देशव्यापी बजार अनुगमन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार ०६:३३:००

सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने भएको छ । संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

वाणिज्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि र उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको बताए ।

वाणिज्य मन्त्रालयले तयार पारेको १० बुँदामा सबै स्थानीय तहसँग समन्वय गरी एकैसमयमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउने र सम्बन्धित प्रदेश मन्त्रालयको समन्वयमा अघि बढाइने निर्णय गरेको छ । त्यसैगरी, उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण हेर्ने विभागले अधिकृतस्तरका कर्मचारीलाई उपभोक्ता संरक्षण अधिकृत तोक्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी रहेको छ ।

त्यसैगरी, मन्त्रालयले नेपाल आयल निगम, साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कारोबार गरिरहेका सबै वस्तुहरूको मूल्य, उपलब्धता, मौज्दात, बिक्री–वितरण प्रणालीको पारदर्शिता सुनिश्चित गर्न र मासिक रूपमा त्यसको जानकारी गराउन मन्त्रालयले निर्देशनसमेत दिएको छ ।