१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १५:४१:००

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पत्रकारलाई प्रवेशमा रोक लगाएको छ । समाचार संकलनका क्रममा कार्यालय प्रवेश गर्न खोज्ने पत्रकारहरुलाई भित्र छिर्न निषेध गरेको हो ।

सुरक्षाकर्मीले पत्रकारलाई गेट बाहिरै रोक्ने गरेको छ । मिडिया हाउस तथा सूचना तथा सञ्चार विभागले प्रदान गरेको परिचयपत्र देखाउँदा समेत भित्र छिर्न दिइएकाे छैन ।

समाचार संकलनका लागि भित्र छिर्नुपर्ने जानकारी गराई पत्रकार परिचय पत्र देखाउँदा समेत अनुमति लिएको अथवा माथिबाटै आदेश हुनुपर्ने भन्दै पत्रकारलाई गेट बाहिरै रोक्ने गरिएको हो ।