Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १४:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्री महासेठ अनुपस्थित भएपछि विकास समितिको बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १४:५०:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नआएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । सोमबार बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको बैठकमा उनी अनुपस्थित भएसँगै स्थगित गरिएको हो । 

समितिको बैठकमा बहुवर्षीय आयोजनाका काम रोकिनुबारे जानकारी लिन मन्त्री महासेठ र अर्थमन्त्री डा। युवराज खतिवडालाई बोलाइएको थियो । १२ बजेका लागि बोलाएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन । यता, समितिका सदस्यले भने महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएकोमा आपत्ति जनाएका थिए । 

समितिका सदस्य यज्ञराज सुनुवारले सांसदको काम नहुने जस्तै गरी मन्त्रीहरु महत्वपूर्ण बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए । उनले बहुवर्षीय आयोजनाबारे कुनै कामै नगरेकाले मन्त्री महासेठ समितिको बैठकमा अनुपस्थित भएको हुन सक्ने आशंका बताए ।

बैठकमा आधा घण्टा ढिलो गरी उपस्थित भएका अर्थमन्त्री खतिवडाले भने मन्त्रीको कार्यव्यवस्तालाई बेवास्ता गर्दै समितिको बैठक बोलाउने गरेको गुनासो गरेका थिए । मन्त्री महासेठ बैठकमा उपस्थित नभएकाले बैठक स्थगित गरिएको समितिकी सभापति खड्काले जानकारी दिइन् ।