मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १५ बुधबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताजनक : राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १५ बुधबार १६:०७:००

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छिन् । बुधबार महालेखापरीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन् । 

राष्ट्रपति भण्डारीले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताइन् । उनले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायहरूबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँटलगायतका सुधारका क्षेत्रहरू पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव दिनुपर्नेमा जाेड दिइन् ।

‘विगतका लेखापरीक्षणको प्रतिवेदनले बेरुजु बढिरहेको पक्ष औँल्याएका छन् । अपेक्षाकृत रूपमा बेरुजु फर्स्याेट भएको देखिँदैन,’ उनले भनिन्, ‘पछिल्लो समयमा नवस्थापित स्थानीय तहहरूमा अनियमितता वृद्धि हुँदै जानु चिन्ताको विषय बनेको छ ।’ स्थानीय तहको निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व जिम्मेवारी सम्हाल्ने क्रम सुरु भएको सन्दर्भमा नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने उनले बताइन् ।

संघ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखापरीक्षकको कार्यालय सक्षम हुनुपर्ने उनको भनाइ छ ।