मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १४:४१:००
Read Time : < 1 मिनेट
समाचार

राजपाद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १४:४१:००

राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ ।

पुर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद अनिल कुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

पटक पटक सभामुखले आसन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरे । राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक समेत प्रभावित भएको थियो ।