१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १४:०२:००
Read Time : < 1 मिनेट
समाचार

राजनीतिक सहमतिमा मुलुकलाई अघि बढाउन सभामुख महराको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १४:०२:००

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । 

महराले राजनीतिक अस्थिरता पैदा हुने गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गर्दै समृद्धिमा केन्द्रित हुने गरी राजनीतिक सहमतिका साथ अघि बढ्न सरकारलाई आग्रह गरेका हुन् ।
ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले निजी क्षेत्रमैत्री हुने गरी कानुन निर्माण गर्ने काममा

आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए ।निजी क्षेत्रले पनि लगानी मैत्री वातावरण निर्माण हुने गरी कानुन बनाउन सरकारसँग छलफल गरेरै अघि बढनुपर्ने सभामुख महराको भनाई छ ।

महराले सरकारले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।