१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस
२०७५ चैत ४ सोमबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार

बर्ड फ्लू प्रभावित २६ हजार कुखुरा नष्ट

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत ४ सोमबार १३:५७:००

हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ ।सो क्षेत्रमा २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । 

काठमाडौंबाट पुगेको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । प्राविधिकले आवश्यक पोशाक र रसायन जुटाउन सोमबार कुखुरा नष्ट गर्ने अभियान स्थगित गरेको कार्यालयले जनाएको छ । 

बाँकी कुखुरा आगामी पाँच दिनभित्र नष्ट गरी खाल्टोमा पुर्ने र खोरको सरसफाइ गरिने कार्यालयका प्रमुख चिकित्सक डा चेतनारायण खरेलले जानकारी दिए । रोग प्रभावित कुखुरा नष्ट गर्न बर्ड फ्लू प्रभावित क्षेत्रमा कृषक समूह, प्रहरी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि र काठमाडौंबाट पुगेका प्राविधिक टोली खटिएका छन् । 

प्रभावित क्षेत्रका बाहेक अन्य ठाउँका कुखुरा र अण्डा पशु सेवा कार्यालयको निगरानीमा स्थनीय बजारमा बिक्रीवितरण खुला गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।