Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ असार १५ बुधबार ०८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार ०८:०३:००

जिप र मोटरसाइकल ठोक्किँदा पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका– १२ देउरालीमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– १३ बस्ने  २६ वर्षीय जयराम मोक्तान र भीमफेदी गाउँपालिका– १ बस्ने २३ वर्षीय दीपेश गोले रहेका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा.४३प ३०२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग.३च ४१८२ नम्बरको बोलेरो जिप एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

‘दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ,’ उनले भने । बोलेरो जिप र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।