मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १३:२१:००
Read Time : < 1 मिनेट
खेलकुद

अफगानिस्तानले जित्यो पहिलो टेस्ट क्रिकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १३:२१:००

आयरल्याण्डलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले टेस्ट क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । 

भारतको देहरादुनमा भएको खेलमा रहमत शाहले पहिलो इनिङमा ९८ र दोस्रोमा ७६ रनको योगदान गर्दै टिमको नाममा नयाँ इतिहास दर्ज गराए । तर, शाह आफ्नो नाममा टेस्ट शतकको कीर्तिमान राख्न भने दुई रनले बञ्चित भए । 

शुक्रबार सुरु भएको टेस्टमा अफगानिस्तानले पहिलो इनिङमा नै ३१४ रन जोडेको थियो । पहिलो इनिङमा प्रतिद्वन्दी आयरल्याण्ड १७२ रनमा नै अलआउट भएपछि अफगानिस्तान सजिलो अवस्थामा पुग्यो । 

दोस्रो इनिङमा आयरल्याण्डले २८८ रन जोडेपछि अफगानिस्तानले १४७ रनको लक्ष्य पायो । यो लक्ष्य अफगानिस्तानले ४७ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । 

अफगानिस्तानले आफूले खेलेको दोस्रो टेस्टमा नै जित दर्ता गर्न सफल भएको हो । यसअघि भारतसँग आफ्नो टिमको लागि पहिलो टेस्ट क्रिकेट खेलेको अफगानिस्तानले पराजय भोगको थियो । आयरल्याण्डले पनि पाकिस्तानसँग आफ्नो पहिलो टेस्ट क्रिकेटमा पराजय भोगेको थियो । 

सन् १९९५मा अन्तर्राष्ट्रिय क्रिकेटमा हात हालेको अफगानिस्तानले २४ वर्षमा नै टेस्ट जित दर्ता गरेको हो ।