मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ चैत ४ सोमबार १२:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

डडेल्धुराको गन्यापधुरामा माइक्रो बस दुर्घटना: १० घाइते, दुईको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
२०७५ चैत ४ सोमबार १२:१९:००

डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ गयलखेतमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । डोटीको दिपायलबाट कैलाली धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको माइक्रो बस केआइसिं राजमार्ग अन्तरगत गुयलखेतमा दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जनालाई भने मेडिकल कलेज कोहलपुर लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी डम्बरबहादुर केसीले जानकारी दिए ।

प्रहरीका अनुसार यात्रु भर्न रोकेको माइक्रो सडकबाट ५० मिटर तल खसेको हो ।