Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
करन ताम्राकार 
२०७५ चैत ४ सोमबार ११:३५:००
Read Time : < 1 मिनेट
प्रदेश

आलु उत्पादन ४० प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
करन ताम्राकार 
२०७५ चैत ४ सोमबार ११:३५:००

यो वर्ष डडेल्धुरामा आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ । आलुका लागि यो वर्ष उपयुक्त मौसम र आलु खेती गर्ने जमिनको क्षेत्रफल वृद्धि भएकाले आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराले जनाएको छ ।

चालू आर्थिक वर्षमा डडेल्धुरामा २५ हजार मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । कार्यालयले गतवर्ष ५० मेट्रिक टन आलुको बिउ वितरण गरेको थियो । यस वर्ष करिब एक सय मेट्रिक टन बिउ अनुदानमा वितरण गरेको कार्यालयले जनाएको छ ।

सुपर जोन घोषणाले किसान उत्साहित
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत डडेल्धुरालाई आलु उत्पादनको ‘सुपर जोन’ घोषणा गरेपछि किसान झनै उत्साहित भएका छन् । आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केही वर्षयता किसान आलु खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराले जनाएको छ ।

आलु खेतीमा किसानको आकर्षण बढाउन जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बिउ वितरण गर्न थालेको हो । कार्यालयले प्राविधिक सहयोगसमेत दिँदै आएको छ । 

डडेल्धुराको अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिकालाई आलु खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको छ ।