१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १४ मंगलबार १७:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कैलालीका अध्यक्ष पदमुक्त, अन्तर्घात गरेको ठहर

Read Time : < 1 मिनेट
२०७९ असार १४ मंगलबार १७:२०:००

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटी बैठकले अध्यक्ष थापाले पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको ठहर गर्दै बर्खास्त गरेको हो।
    
थापालाई पदमुक्त गरेर कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी उपाध्यक्ष दुर्गाप्रसाद जोशीलाई दिइएको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको पुष्टि भएपछि थापालाई अनुशासनको कारबाही गरिएको सचिव पाठकले बताए। यसअघि एमाले जिल्ला सचिवालय बैठकले पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको थियो।
    
‘जिल्ला सचिवालयबाट कारबाहीको सिफारिस आएपछि प्राप्त दस्ताबेज हेर्‍याैँ, तथ्य, प्रमाणहरू केलायौँ। तथ्यप्रमाण हेर्दा जिल्ला अध्यक्षले चुनावमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेर अनुशासनको गम्भीर उल्लंघन गरेको देखिएकाले जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो,’ सचिव पाठकले भने, ‘अध्यक्ष पदमुक्त भएपछि विधानअनुसार उपाध्यक्षलाई प्रदेश कमिटीले कार्यवाहक अध्यक्ष तोकेको छ।’