मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १४ मंगलबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीमा मन्त्री हेरफेर छलफलको एजेन्डा नै बनेको छैन : दीनानाथ शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १४ मंगलबार १५:२७:००

माओवादी केन्द्रका केन्द्रीय सदस्य दीनानाथ शर्माले आफ्नाे पार्टीमा मन्त्री हेरफेरसम्बन्धी कुनै छलफल नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले एकीकृत समाजवादीको मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताए । उनले पाँच महिनाको अवधिमा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताए । शर्माले पालो पुर्‍याउन मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको बताए ।

‘अहिलेको राष्ट्रिय राजनीतिमा मन्त्रीहरू फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तरंग छ । एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाएको छ ।  छिटोछिटो मन्त्री फेर्नु त्यति राम्रो होइन । एउटा कार्यकाल चलाउन दिनुपर्छ,’ उनले भने, ‘सात महिनामा कुनै मन्त्रीले केही परिणाम दिन सक्दैन । यसले देशको विकास गर्दैन । हाम्रो पार्टीले अहिले हामीले पठाएका मन्त्रीहरू फेर्ने कुरा गरेका छैनौँ । हाम्रो त्यसबारेमा छलफलको एजेन्डा नै बनेको छैन ।’