मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १४ मंगलबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोल र गोलीसहित ललितपुरबाट एकजना पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ असार १४ मंगलबार १२:३६:००

ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोल पीपलबोटबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। सोही नगरपालिका– ८ लुभु बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

स्थानीयको सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले  पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाएर राखेको उक्त हातहतियार फेला पारेको हो।