Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ चैत ४ सोमबार ११:३०:००
Read Time : < 1 मिनेट
समाचार

बैशाख ५ भित्र अवैध हातहतियार नबुझाए कानुनी कारवाही 

Read Time : < 1 मिनेट
२०७५ चैत ४ सोमबार ११:३०:००

व्यक्तिले विना इजाजत राखेका हातहतियार नबुझाए प्रहरीले कानुनी कारवाही थाल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले अवैध हातहतियार र खरखजना बुझाउने सम्बन्धि नेपाल सरकार गृहमन्त्रालले प्रकाशित गरेको सूचना सर्वाजनिक गर्र्दै हतियार बुझाउन आग्रह गरेको हो ।

अवैध हातहतियार संकलनका क्रममा यहि चैत्र १ गते प्रकाशित सूचना अनुसार सूचना प्रकाशनको ३५ दिनभित्र अर्थात २०७६ बैशाख ५ गतेभित्र नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको व्यारेकमा बुझाउन भनिएको छ ।

विना इजाजत राखेका हतियार, नवीकरण नगराइ वा इजाजतप्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई कुनै पनि व्यक्तिले हातहतियार राखेको भएमा तोकिएको समयभित्र बुझाउन अनुरोध गरिएको छ । विना इजाजत आफूसँग भएको हतियार खरखजना स्वेच्छाले बुझाएमा कुनै कारवाहि नगरिने प्रहरीले जनाएको छ । यदि तोकिएको अन्तिम समयसम्म नवुझाएमा कानुनको दायरामा ल्याइने भएको छ ।