मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पुल बगाएपछि पालुङटार ९ धर्मोदय माविका बालबालिकालाई बोकेर खोला तार्दै शिक्षक
२०७९ असार १४ मंगलबार १०:३७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

डेढ सय विद्यार्थी ज्यान जोखिममा राखेर विद्यालय जान्छन् (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ असार १४ मंगलबार १०:३७:००

गोरखाको पालुङटार नगरपालिका– ९ स्थित खारखोलाको पुल क्षति भएपछि धर्मोदय माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका विद्यालयसम्म पुग्न समस्या भएको छ । अविरल वर्षाका कारण पुलको एकातर्फको भागमा कटान गरेपछि आउजाउ गर्न समस्या भएको हो । डेढ सय विद्यार्थी ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् । पुलमा ठूलै क्षति पुगेको र वैकल्पिक बाटो नहुँदा बालबालिका विद्यालयसम्म जान र स्थानीयहरू आउजाउ गर्नसमेत समस्या भएको विद्यालय अभिभावक संघका अध्यक्ष छविराम परियारले बताए । 

बर्खा लागेपछि सधैँ यस्तो समस्या आइपर्ने गरेको सोही विद्यालयका शिक्षक नानीबाबु अधिकारी बताउँछन् । कक्षा १२ मा अध्ययरत छात्रा अनुपमा कुमाल काठेपुल जोखिम भए पनि आउजाउ गर्न बाध्य रहेको बताउँछिन् । खारखोलामा रहेको पुल बगाएपछि विद्यालयसम्म विद्यार्थी आउजाउ गर्न निकै समस्या भएको विद्यालयका प्रधानाध्यपक कृष्ण न्यौपानेले बताए । 

विद्यार्थीहरू विद्यालयसम्म सकुशल पुर्‍याउन र ल्याउन शिक्षकहरू चोकचोकमा बस्नुपरेको उनले बताए ।  यस्तै, पालुङटार– ९ को त्रिवेणी माविमा अध्ययनरत बालबालिका पनि चुक्ती खोलामा पुल नहुँदा विद्यालयसम्म आउजाउ गर्न समस्या भएको प्रधानाध्यापक गणेशराज सेढाईं बताउँछन् ।