१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ११:१९:००
Read Time : > 2 मिनेट
अर्थ

अटो फोकस निसान किक्स, एसयुभी सेग्मेन्टको ‘हट केक’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ११:१९:००

भारतीय बजारमा सार्वजनिक भएदेखि नै निसान किक्सले स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेग्मेन्टमा धेरै रेकर्ड बनाइसकेको छ । सोही कार नेपाली बजारमा अधिकृत आयातकर्ता पायोनियर मोटोकर्पले भित्र्याएको एक महिना पुगेको छ । यो अवधिमा १ सय ५० थान किक्स बुकिङ भइसकेको छ ।

निजी कार, जिप खरिदका लागि राष्ट्र बैंकले फाइनान्समा कडाइ गरेयता अटोमोबाइल बजार सुस्ताएको छ । तर, किक्स ‘तुरुपको पत्ती’ बनेर निस्किएको छ, जसले नेपाली बजारमा निसानका लागि सुस्ताएको बजारलाई माथि उठाउने प्रयत्न गरिरहेको छ । पायोनियर मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्र चन्दका अनुसार एक महिनाको अवधिमा धेरै उपभोक्ताले किक्स खरिदका लागि सोधीखोजी गरेका छन् । ‘हामीले काठमाडौंमा किक्स भित्र्याएको भोलिपल्टैदेखि विभिन्न सहरमा उपलब्ध गराउन थाल्यौँ, जसकारण एक महिना अवधिमा अपेक्षा गरेभन्दा धेरै उपभोक्ताले किक्सका बारेमा राम्रो प्रतिक्रिया दिनुभएको छ,’ उनले भने ।

निजी कारको बजार ५० प्रतिशतभन्दा बढी दरले खुम्चिएको अवस्था छ । यो अवधिमा एउटै कार डेढ सय बुकिङ हुनु सुखद भएको उनको भनाइ छ । ‘अहिले बजार जुन दयनीय अवस्थाबाट गुज्रिरहेको छ, यस्तो स्थितिमा निसान किक्स खरिदका लागि उपभोक्ताले देखाएको अग्रसरताबाट हामी निकै खुसी छौँ,’ उनले भने । एसयुभी सेग्मेन्टका लागि यतिवेला किक्स ‘हट केक’ बनेको उनको भनाइ छ ।

धेरै फिचर भएको भेरिएन्ट आउँदै
नेपाली बजारमा किक्सको सबैभन्दा माथिल्लो भेरिएन्ट आइपुगेको छैन । यो भेरिएन्टको भारतमै उच्च माग छ । निसानको उत्पादन क्षमताले भारतकै माग धान्न मुस्किल भएका कारण नेपाली बजारमा आइनपुगेको हो । माथिल्लो भेरिएन्टमा ३६० डिग्री क्यामरा, अटोम्याटिक हेडल्याम्प, अटो सेन्सर, ड्युल टोनलगायतका फिचर छन् । यी फिचर भएका गाडीको नेपाली उपभोक्ताले पनि सोधीखोजी गरिरहेको महाप्रबन्धक चन्दले जानकारी दिए ।

‘हामीले तीन–चार महिनाभित्रै टप भेरिएन्ट पनि ल्याएर उपभोक्ताले खोजेजस्तो कार उपलब्ध गराउने गृहकार्य गरिरहेका छौँ,’ उनले भने, ‘टप भेरिएन्टमा जुन विशेषता छन्, त्यस्तो विशेषता एसयुभी सेग्मेन्टका अन्य कारमा छैनन् । किक्स नै बेस्ट इन क्लास कार हो ।’ हाल उपलब्ध किक्समा ७ इन्च डिस्प्लेसहितको इन्फोटेनमेन्ट सिस्टम छ । यसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । गाडीमा एलइडी प्रोजेक्टर हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, किलेस स्मार्ट कार्ड, हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र इबिडी र एबिएस सुविधा उपलब्ध छ ।

यो एसयुभी गाडी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन भेरिएन्टमा र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई भेरिएन्टमा उपलब्ध छ । किक्सको फराकिलो भित्रि भाग र आकर्षक बाहिरी बनावटले ग्राहकलाई आकर्षित गर्ने कम्पनीको दाबी छ । यसको बुट स्पेस ५ सय लिटरको छ । जसकारण लामो यात्रामा निस्कँदा पर्याप्त लगेज लैजान मिल्छ ।

कम्पनीको विश्वास
ज्ञानेन्द्र चन्द
महाप्रबन्धक, पायोनियर मोटोकर्प

फाइनान्समा गरिएको कडाइका कारण अहिले अटोमोबाइल बजार सुस्ताएको छ । यस्तो अवस्थामा पनि किक्सले धेरै राम्रो प्रतिक्रिया पाएर उल्लेख्य संख्यामा बुकिङ भइरहेको छ । किक्समा भएका फिचर हेर्दा ‘बेस्ट इन क्लास’ हो । यसमा केही यस्ता सुविधा छन्, जुन करोडमाथिका गाडी मात्र उपलब्ध हुन्छन् । हामीले देशभर किक्स उपलब्ध गराएर उपभोक्तालाई उत्कृष्ट कार छनोट गर्ने विकल्प दिएका छौँ । एसयुभी सेग्मेन्टका किक्सजस्तो कार अरू कुनै ब्रान्डमा छैन ।

यस्ता छन् विशेषता
- ८ इन्चको टचस्क्रिन डिस्प्ले
- क्रुज कन्ट्रोल र किलेस स्मार्ट कार्ड
- पेट्रोल र डिजेल दुई भर्सन
- पेट्रोल इन्जिनले १४.२३ र डिजेल इन्जिनले २०.४५ माइलेज
- पेट्रोल इन्जिनमा ५ स्पिड र डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन

मूल्य : ४७ लाख ९९ हजारदेखि
५९ लाख ९९ हजार रुपैयाँसम्म
रङ : पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जिप ब्लु पर्ल र नाइट सेड

तथ्य
नेपाली बजारमा विगत १७ महिनादेखि निसान ब्रान्डको कार पायोनियर मोटोकर्पले अधिकृत रूपमा आयात र वितरण गर्दै आएको छ । एसयुभी सेग्मेन्टको किक्स भारतीय बजारमा ८ माघमा सार्वजनिक भएको थियो । नेपालमा एक महिनामै भित्र्याउन पायोनियर मोटोकर्प सफल भएको छ । किक्ससहित नेपालमा टेरानो, माइक्रा एक्टिभ, नभरा, एक्स–ट्रेल, सन्नीलगायतका कार उपलब्ध छन् ।