Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ असार १३ सोमबार १८:३९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मलको सकसमा किसान (भिडियो रिपाेर्ट)

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार १८:३९:००

मध्य असारमा पनि मल छैन, खेतबारीमा बित्नुपर्ने किसानको समय मल खोज्न बित्ने गरेको छ । असार प्रत्येक किसानका लागि प्रतीक्षाको महिना हो । मानो रोपेर मुरी फलाउने यो महिना किसानलाई भ्याइनभ्याई हुन्छ । अधिकांश समय खेतमै बित्छ । तर, यसवर्षको असार त्यस्ताे छैन जस्तो हुनुपर्ने हो । 

मध्य असार हुन लाग्दा किसानको समय खेतमा होइन, सहकारीका लाइनमा बित्ने गरेको छ । धान बालीलाई चाहिने मलको जोहो गर्न देशैभरका किसान झिसमिसे अँध्यारैदेखि मलको खोजीमा भौँतारिने गरेका छन् । चितवन त्यसको प्रतिनिधि जिल्ला मात्र हो । नयाँ पत्रिकाकर्मी विवेक पोखरेलले तिनै प्रतिनिधि किसानले भोगिरहेका समस्याको भिडियोमा कैरन उतारेका छन् ।