मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार १४:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वयम्भू र हनुमानढोका जोड्ने ‘हेरिटेज मार्ग’ बनाउँछु : नवनियुक्त मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार १४:४५:००

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले स्वयम्भू र हनुमानढोका जोड्ने हेरिटेज मार्ग निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन्। सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमानढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउन विशेष जोड दिने बताए।

‘मैले दुईवटा निर्णयमा हस्ताक्षर गरेको छु। एउटा उपत्यका सांस्कृतिक सम्पदाहरूको ठाउँको रूपमा चिनिन्छ । त्यसैले यो ठाउँको महत्वलाई अझ झल्काउने गरी पर्यटकलाई पनि आकर्षित गर्ने र बढाउन सक्ने गरेर यहाँको सम्पदाहरू जोड्ने किसिमबाट ट्रेलहरू निर्माण गर्न अध्ययन गर्ने विषय छ। हनुमानढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँ हुन्। यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदामार्ग बनाउने भनेर धेरै काम भइसकेको छ । त्यो कामलाई प्रारम्भ गर्ने भन्ने अर्को विषय हो,’ उनले भने।

उनले कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई उकास्न अध्ययन प्रतिवेदन तयार भइसकेको जानकारी दिँदै ती प्रतिवेदनका आधारमा सात दिनभित्र कार्यान्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको बताए।