मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १३ सोमबार ०८:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोलसहित पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार ०८:१६:००

जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १० स्वामीचोक घर भई हाल भरतपुर– ५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् ।

विकको कोठामा शंका  लागी चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद  एक लाख १४ हजार, सुनको सिक्री एक थान र पाँच थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।