मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १२ आइतबार १८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुँदै मन्त्रालय छाडिन् झाँक्रीले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १२ आइतबार १८:५३:००

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले रुँदै मन्त्रालय छाडेकी छिन् । मन्त्रालय छाड्नुअघि आइतबार अपराह्न आयोजित पत्रकार सम्मेलनभर झाँक्रीले पटक-पटक आँसु खसाइन् ।
आफ्ना मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्दै झाँकी आइतबार मन्त्रालयबाट फिर्ता भएकी हुन् । पत्रकार सम्मेलनमा उनलाई बोल्न निकै सकस परेको थियो । पटक-पटक आँसु पुछेकी झाँक्रीले पत्रकार सम्मेलन सकिएको घोषणासँगै ‘यस्तो बोल्न नसक्ने मान्छे पनि हुन्छ’ भन्दै आफ्नो सकस व्यक्त गरेकी थिइन् । 
सञ्चारकर्मीका सीमित प्रश्नको जवाफ दिएकी उनले मन्त्रीबाट फिर्ता हुन गाह्रो नभए पनि मन्त्री फिर्ता बोलाउने निर्णय सञ्चारमाध्यमबाट थाहा पाउनु भने पीडादायी भएको बताइन् । ‘हामीले पहिले नै पार्टी नेतृत्वलाई हामीलाई फिर्ता बोलाउने कुरा मिडियाबाट थाहा पाउने अवस्था नआओस् भनेका थियौँ तर त्यही भयो,’ झाँक्रीले भनिन्, ‘त्यसपछि हामीले प्रधानमन्त्रीसँग बजेट पास हुँदासम्मको अवधि पाउँछौँ पाउँछैदौँ भनेर सोधेका थियौँ । प्रधानमन्त्रीले बजेट पास नभएसम्म मन्त्रिपरिषद् पुनर्गठन हुँदैन भन्नुभयो । त्यहीँबाट मुख्यसचिवलाई पनि फोन गरेर निर्देशन दिनुभयो । त्यसैलाई अनेक विषय बनाइयो ।’
मन्त्रालय छाड्नुअघि उनले पार्टीले फिर्ता बोलाउने निर्णय गरेको र आफूहरूले कुनै गलत काम नगरेकाले राजीनामा दिइरहन नपर्ने भन्दै आज भोलि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताइन् । 
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिवलगायतका कर्मचारीहरूले मन्त्रीको जिम्मेवारी पूरा गर्ने क्रममा छोटो समयमै झाँक्रीले आफूलाई प्राविधिक रूपमा विकास गरेको भन्दै पुनः सहकार्यको आशा व्यक्त गरिन्। 
झाँकी आठ महिना २० दिन सहरी विकासमन्त्रीको जिम्मेवारीमा रहिन् ।