मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असार १२ आइतबार १८:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीबाट बिदा हुँदै आलेले भने– म एक्सनमा विश्वास गर्छु, कामबाट ९० प्रतिशत सन्तुष्ट छु 

Read Time : > 1 मिनेट
२०७९ असार १२ आइतबार १८:१६:००

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिँदै आठ महिना २० दिनको कार्यकालमा आफ्नो कामप्रति ९० प्रतिशत सन्तुष्ट रहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत राजीनामा बुझाएपछि सिंहदरबारस्थित मन्त्रालयमा बिदाइ मन्तव्य दिँदै मन्त्री आलेले यस्तो बताएका हुन् । 
२२ असोज ०७८ मा मन्त्रीमा नियुक्त भएका आलेले आफ्नो कार्यकालमा भएका कामबारे पत्रकार सम्मेलनमार्फत जानकारीसमेत गराएका छन् । ‘मन्त्री भएपछि २ सय ६३ दिनसम्म समय बितेको पत्तो भएन । म प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्किएको राजनीतिक कार्यकर्ता हुँ, मलाई चाँडै रिजल्ट चाहिन्छ । जनतालाई छिटो सेवा प्रवाह उच्च प्राथमिकतामा राखेँ,’ मन्त्री आलेले भने, ‘पत्रकारले कार्यकालमा आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर प्रश्न सोध्नुभयो भने मेरो उत्तर हुन्छ– नब्बे प्रतिशत । मैले कामबाट ९० प्रतिशत नम्बर ल्याएको ठानेको छु ।’

उनले अहोरात्र काममा खटिएकै कारण आफूले देश विदेशबाट एक्सन मन्त्री उपमा पाएको दाबीसमेत गरे । ‘कागजमा मात्र काम देखाउनेहरू मेरो निगरानीमा परे,’ उनले भने ।
 
पशुपति धर्मशाला, क्यासिनो बक्यौता असुल, नागरिक उड्डयन प्राधिकरण, एनएसी (नेपाल वायुसेवा निगम) को सुधार गर्दा शक्ति केन्द्रहरूबाट थुप्रै दबाब र प्रलोभन आए पनि त्यसलाई प्रवाह नगरी प्रचलित कानुन, प्रधानमन्त्रीको निर्देशन, पार्टी अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत गठबन्धन सरकारको मार्गदर्शनमा क्रियाशील रहेको उनको भनाइ थियो ।  
आफ्नो कार्यकालमा त्रिभुवन विमानस्थल सुधार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायत थुप्रै काम गरेको सूची उनले पत्रकार सम्मेलनमा राखे । 

'बोल्न जानिनँ होला तर नियत गलत थिएन' 
असभ्य शब्द बोलेको अडियो बाहिरिएर पटक–पटक विवादमा तानिएका मन्त्री आलेले आफूले जानाजान गलत नियतले केही पनि नबोलेको दाबी गरे । ‘काम गर्दै जाँदा बोल्न नजानेको भए नियत गलत थियो भन्ने नठान्नुहोला । म सिंहदरबारबाहिर सांसदको भूमिकामा हुन्छु, विकृतिमा खबरदारी गरिरहन्छु, पछि आउने नेतृत्वले पनि मेरो सुधारलाई निरन्तरता देओस्,’ आलेले भने ।