Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:३१:००
Read Time : < 1 मिनेट
साहित्य

अनिताले ल्याइन् फूलको विद्रोह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:३१:००

कवि अनिता न्यौपानेको कवितासंग्रह ‘फूलको विद्रोह’को शनिबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा विमोचन भएको छ । साहित्यकारहरू श्यामल, लक्ष्मण गाम्नागे, निमेष निखिल र ज्ञानु अधिकारीले कृतिको विमोचन गरे ।

कार्यक्रममा बोल्दै श्यामलले साहित्यले समाज बोल्नुपर्ने बताए । समाजलाई सही मार्गमा हिँडाउनका लागि साहित्यले खबरदारी गर्नुपर्ने उनको भनाइ थियो । अनिताको कृतिले देश, समाजमा भएका हरेक पक्षलाई काव्यिक रूपमा व्यक्त गर्न सफल भएको श्यामलले बताए । 

कवि निमेष निखिलले कृति पठनीय र सशक्त रहेको बताए । उनले समाजका यावत् कुरालाई सचेततापूर्वक कवितामा व्यक्त गरेकाले पाठकको रोजाइमा पर्ने उल्लेख गरे ।  अनिताको यो पहिलो कृति हो । १२१ पृष्ठको पुस्तकमा ४५ कविता छन् । पुस्तक मञ्जरी पब्लिकेसनले प्रकाशन गरेको हो ।