मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १२ आइतबार १६:२५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेद्वारा बागमती प्रदेश सभा बैठक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ असार १२ आइतबार १६:२५:००

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेटबारे छलफलका लागि आइतबार बोलाइएको बैठक एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरुद्धका कारण सभामुख सानुकुमार श्रेष्ठले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । 

बागमती सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सबै जिल्लालाई नसमेटेको, चुनावकेन्द्रित बजेट ल्याएको र एउटै योजना बजेट पुस्तिकामा दोहोरिएको एमालेको आरोप छ । 

आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रदेश सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर प्रदेश सभा बैठक स्थगितको माग राखेका थिए । सभामुख श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले बजेटमा आफ्नो पार्टीको असन्तुष्टिको विषय संसदमा जानकारी दिएका थिए ।