मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार १२ आइतबार १६:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

Read Time : < 1 मिनेट
२०७९ असार १२ आइतबार १६:०६:००

पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय चितवनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले बाटो खुलाएको हो।

चितवनको इच्छाकामना गाउँपालिकाको नाग्दी खोलामा माथिबाट सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरोध भएको थियो। दिउँसो नै पहिरो हटाइए पनि करिब पाँच मिनेटपछि सोही स्थानमा अर्को पहिरो खसेर पुनः सडक अवरुद्ध भएको थियो। सो पहिरो हटाएपछि अहिले सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।