मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडाैं
२०७५ चैत ४ सोमबार १०:२०:००
Read Time : < 1 मिनेट
खेलकुद

रोनाल्डोलाई आराम दिँदा  समर्थक रिसाए

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७५ चैत ४ सोमबार १०:२०:००

सिरिए लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो कति चर्चित छन् भन्ने उनका समर्थकको प्रतिक्रियाले स्पष्ट हुन्छ । सिरिए लिगअन्तर्गत शनिबार युभेन्टसले गिएनोविरुद्धको खेलमा रोनाल्डोलाई रेस्टमा राखेको छ । गिएनोको घरेलु मैदानमा हुने प्रतिस्पर्धामा युभेन्टसका समर्थकले स्टाडियो लुइगी फरानिस रंगशालासम्म टिकट काटिसकेका थिए । युभेन्टसका फ्यानले विशेषतः रोनाल्डोको खेल हेर्नकै लागि लामो दूरीको टिकट काटेका हुन् । 

जब युभेन्टसका प्रशिक्षक मासिमिलानो अल्गेरीले गिएनोविरुद्धको प्रतिस्पर्धामा स्टार स्ट्राइकर रोनाल्डोलाई आराममा राखेको विज्ञप्ति जारी गरे, त्यसपछि समर्थक खुवै रिसाए । तत्कालै उनीहरूले सामाजिक सञ्जालबाटै यभुेन्टसका व्यवस्थापकसँग टिकटको पैसा माग गरेका छन् । ‘हामीले रोनाल्डोको खेल हेर्नकै लागि टिकट किनेका हौँ, युभेन्टसको खेल हेर्नका लागि होइन,’  रोनाल्डोका एक समर्थकले भने, ‘रोनाल्डोले नै प्रतिस्पर्धा गर्दैनन् भने हामी त्यहाँ किन जाने ? टिकटको पैसा हामीलाई उपलब्ध गराउनुपर्छ ।’ यता प्रशिक्षक अल्गेरीले भने आसन्न च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेललाई मध्यनजर गरेर नै रोनाल्डोलाई रेस्टमा राखेको जनाएका छन् । 

‘हामीले केही दिनपछि नै च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नुपर्छ, मुख्य खेलाडी फिट हुनु पनि जरुरी छ,’ उनले भने, ‘रोनाल्डोलाई आराममा राख्दा त्यसको फाइदा क्लबलाई पुग्नेछ र समर्थकले पनि भविष्यमा राम्रै नतिजा पाउनेछन् ।’ सिरिए लिगमा युभेन्टसले शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको छ ।