मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:०८:००
Read Time : < 1 मिनेट
साहित्य

निरन्तर शनिबारमा अभयका कविता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:०८:००

साहित्यिक अभियान ‘निरन्तर शनिबार’मा कवि अभय श्रेष्ठले कविता सुनाएका छन् । ‘मुक्ति’ शीर्षक कविताबाट उनले वाचन सुरु गरेका थिए । त्यसपछि चर्चित कविता ‘सन्देह’ सुनाए । ‘समाजमा स्थापित मूल्य र मान्यतामाथि सन्देह जरुरी छ,’ कविता सुनाएपछि उनले भने, ‘कविताले सदैव नवीन मूल्य र मान्यताको खोजी गर्छ ।’

श्रेष्ठले कवितामा सधैँ बागी स्वर आउनुपर्ने र कवि जहिल्यै प्रतिपक्ष भएर सत्ताधारीलाई खबरदारी गरिरहनुपर्ने बताए । अन्धभक्ति र अन्धविश्वासले गर्दा पूर्वीय समाज पछाडि परेको उल्लेख गर्दै उनले समाजलाई गतिशील बनाउन आलोचनात्मक चेतको आवश्यकता औँल्याए । 

कार्यक्रममा श्रेष्ठले उत्तरदान, सत्यलाई साक्षी, मुक्ति, गोली दागिएको बालकको सम्झना, तस्बिरमा दुःख, सन्देह गरी ६ कविता सुनाए । कार्यक्रममा पूर्णिमा प्रतिबिम्ब, सुदर्शन शर्मा, राम अविरल विष्ट, सरोज राई, मनोज नेपाल, हिमालचन्द्र, तिलक खुँजेली, रमेश बलामी, प्रकाश बम, रुकेस रुस चौलागाई, नरेन्द्रकुमार नगरकोटी, सोझो गाउँलेले पनि रचना वाचन गरेका थिए ।