मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:०४:००
Read Time : < 1 मिनेट
साहित्य

अधिकारीको आयान कुर्दीमाथि चर्चा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:०४:००

लेखक नारायण ढकालले आख्यानले ठूलो पुलबाट हिँडाउने भएकाले पढ्न सजिलो हुने तर कविता पढ्न फट्के तर्नुपर्ने बताएका छन् । कवि राजेन्द्रप्रसाद अधिकारीको कवितासंग्रह आयान कुर्दीमाथि चर्चा गर्दै ढकालले उनले विज्ञान र कलालाई जोडेको बताए ।

काठमाडौंमा भएको आयान कुर्दीमाथि परिचर्चा कार्यक्रममा कवि प्रह्लाद पोखरेलले अधिकारीका कविता सरल र बौद्धिक भएको बताए । उनले भने, ‘हामी बाँचेको युग विसंगत र विरोधाभासपूर्ण छ, आयान कुर्दीका कवितामा यी कुराहरू प्रतिबिम्बित छन् ।’ अधिकारीका कविताले सकारात्मक रूपान्तरणको चाहना राख्ने उनले बताए । कवि स्नेह सायमीले आफू साढे तीन दशकदेखि कवि अधिकारीको संगतमा भएको जानकारी दिँदै ३ चैत ०४६ को आन्दोलनमा पनि सँगै धर्ना बसेको स्मरण गरे । भृकुटी एकेडेमिक पब्लिकेसन्सका लिखत पाण्डेले आफूले व्यापारका लागि कविताको पुस्तक प्रकाशन नगरेको बताए । लामो समय लेखनमा रहेर पनि पुस्तक प्रकाशन नभइरहेका लेखकलाई आफूले अगाडि ल्याएको उनको भनाइ छ ।

सो कृति भृकुटी एकेडेमिक पब्लिकेसन्सले प्रकाशन गरेको हो । संग्रहमा ०३८ सालदेखि ०७२ सालसम्म लेखिएका ४४ कविता समेटिएका छन् ।