१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:५६:००
Read Time : < 1 मिनेट
सप्तरंग

थकाली समुदायको तोरन्ल सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०९:५६:००

थकाली समुदायको चाड तोरन्ल आइतबारबाट सुरु भएको छ । फागु पूर्णिमाभन्दा तीन दिनअघि यो चाड सुरु हुन्छ । फागु पूर्णिमाको दुई दिनपछिसम्म यो चाड मनाइन्छ ।


तोरन्ल मूल आयोजक समिति थकाली सेवा समिति काठमाडौंले थकालीहरूको साझा भवन बालाजुमा तोरन्ल विशेष कार्यक्रम आयोजना गरिरहेको छ । थकाली समुदायको मौलिक संस्कृति झल्कने भेषभुषा र झाँकीसहित सहभागी आयोजनास्थल प्रवेश गरे । तोरन्लभरि हरेक दिन थकाली समुदायको सांस्कृतिक महत्वका नृत्य तथा विभिन्न कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ ।

थकाली समुदायमा प्रचलित धनुषवाण (तारा) खेल प्रतियोगिता सोमबार आयोजना हुनेछ । सम्पूर्ण थकाली र अन्य आमन्त्रित पाहुनालाई आयोजक समितिले निःशुल्क दिवाभोजको व्यवस्था पनि गरेको छ । ‘थकाली समुदायसँग सम्बन्धित पौराणिक तथा ऐतिहासिक वस्तुको प्रदर्शनी गरिनेछ,’ आयोजक समितिका सचिव ई. रामकृष्ण शेरचनले बताए । थकालीहरूको दैनिक जीवन तथा धार्मिक अनुष्ठान एवं सांस्कृतिक पर्वमा प्रयोगमा आउने पौराणिक तथा ऐतिहासिक साम्रग्रीको तोरन्लमा प्रदर्शन गरिनेछ ।